Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


अफगानिस्तानले पाकिस्तानलाई हरायो


7.8k
Shares

एजेन्सी । अफगानिस्तानले पहिलो टी-ट्वान्टी आई खेलमा पाकिस्तानलाई हराएको छ ।

शुक्रबार राति भएको खेलमा अफगानिस्तानले पाकिस्तानलाई ६ विकेटले हराएको हो ।

जितको लागि ९३ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले १७ दशलव ५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो ।

अफगानिस्तानको जितमा मोहम्मद नाबीले अविजित ३८, नाजिबउल्लाह जद्रानले अविजित १७ र रहमानउल्लाह गुरबाजले १६ रन बनाए ।

पाकिस्तानका इहसानउल्लाहले २ तथा नसिम शाह र इमाद वासिमले एक एक विकेट लिए ।

त्यसअघि शारजाहमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९२ रन बनायो ।

पाकिस्तानका इमाद वासिमले १८, सैम अयुबले १७, तयाब ताहिर १६ र शादब खानले १२ रन बनाए ।

अफगानिस्तानका फजलहक फारुकी, मुजिब उर रहमान र मोहम्मद नाबीले दुई दुई तथा कप्तान राशिद खान, नविन उल हक र आजमतुल्लाह ओमरजाईले एक एक विकेट लिए ।

दोस्रो खेल शनिबार र तेस्रो खेल सोमबार हुनेछ । सबै खेल शारजाहमा हुनेछन् ।

पाकिस्तानले पहिलो खेलमा जमान खान, इहसानउल्लाह, सैम अयुब र तयाब ताहिरलाई डेब्यू दिएको थियो ।

शुक्रबार राति भएको खेलमा पाकिस्तानविरुद्ध जित निकाल्दै अफगानिस्तानले इतिहास बनाएको छ ।