३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


धादिङमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु


0
Shares

नवराज छत्कुली (इमेज)

धादिङ, भदौ १६ । कालुपाण्डे मार्गअन्तर्गत् धादिङको नीलकन्ठ नगरपालिका वडा नम्बर–८, ससाहमा एक मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

धादिङबेसीबाट मलेखुतर्फ जाँदै गरेको बा६४प ५६४२ नम्बरको मोटरसाइकल शनिबार बेलुका अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सिद्धलेक गाउँपालिका–६ बस्ने ३८ वर्षीय खेम मगरको उपचारकाक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।