३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


तत्काल एकल अंकमा ब्याज : मल्ल


1.82k
Shares

काठमाडाैं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बैंकको ब्याजदर एकल अंकमा नल्याए अर्थतन्त्र थप धरासायी हुनसक्ने बताउनुभएको छ ।

आज राजधानीमा भएको कार्यक्रममा अध्यक्ष मल्लले मुलुकको अर्थतन्त्र थप अफ्ठ्यारोमा पर्न नदिनकालागि सरकारले फास्ट ट्रयाकमा ब्याजदर कम गर्नपर्ने बताउनु भयो ।

उहाँले आर्थिक ऐन नबन्दा र नीतिगत सुधार नहुँदा उधारो कारोवारले थुप्रै उद्योगी व्यवसायीको थाप्लोमा ऋण बढ्दै गएको बताउनु भयो । उहाँले बैंकहरुले कर्जाको प्रिमियम दरमा समेत व्यवसायमाथि पक्षपात गरिरहेको आरोप लगाउनु भयो ।