३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


तिनछठ्ठी पर्व मनाइयो


0
Shares

बासुदेव वर्मा (इमेज)

कपिलवस्तु, भदौ १६ । हिन्दु मधेसी महिलाहरुले शनिबार कपिलवस्तुमा तिनछठ्ठी पर्व मनाएका छन् ।

जिल्ला सदरमुकाम तौलिहवासहित कृष्णानगर, बहादुरगन्ज, चन्द्रौटा, पकडी, लबनीमा मधेसी महिलाहरुले कुसको पातमा गाँठो पारी पूजा–आराधनासहित छोराको दीर्घायू र स्वास्थ्यलाभको कामना गरेका हुन् ।

यसक्रममा महिलाहरुले निराहार ब्रत बसी धार्मिक कथाहरु श्रवण गर्दछन् ।

यस पर्वमा परासको पात, महुवाको पात, महुवा र दही राखी पूजा गर्ने परम्परा रहेको छ ।