 
	    काठमाडौं । नेपाल र भारत मिलत परिषद् केन्द्रले काठमाडौंका २ सय बढी मुस्लिम परिवारलाई खाद्यान्न वितरण गरेको छ ।
परिषद्ले काठमाडौंका २ सय बढी मुस्लिम परिवारलाई खाद्यान्न वितरण गरेको हो । आउँदो बिहीबारबाट सुरु हुने एक महिने रमजान पर्वको अवसरमा मुस्लिम समुदायहरु व्रत बस्नुपर्ने भएकाले आर्थिक अवस्था कमजोर भएका मुस्लिम परिवारलाई व्रत सहजताका साथ सम्पन्न गर्नका लागि रमजान, इफ्तार प्याकेज वितरण गरिएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताउनुभयो ।
उहाँले साेमबार परिषद्को तर्फबाट काठमाडौंमा बसोवास गर्ने आर्थिक अवस्था कमजोर भएका २ सय बढी मुस्लिम परिवारलाई खाद्यान्न प्रदान गरिएको बताउनुभयो । अध्यक्ष अन्सारीले रमजान व्रतको अवसरमा मुस्लिम परिवारलाई लक्षित गरी खाद्यान्न प्रदान गरेपनि अन्य बेलामा भने परिषद्ले सबै समुदायलाई समेटेर खाद्य सामग्रीहरु वितरण गर्दै आएको बताउनुभयो । उहाँले व्रतको अवसरमा बारा र पर्सा लगायतका जिल्लाका मुस्लिम परिवारलाई पनि सहयोग गर्ने बताउनुभयो ।
अध्यक्ष अन्सारीले भूकम्प र कोभिड-१९ लगायतका विपद्का बेलामा पनि संस्थाले आर्थिक अवस्था कमजोर भएकाहरुका लागि सहयोग गर्दै आएको बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्