Logo ३१ आश्विन २०८३, शनिबार | Sat Oct 17 2026


त्रिचन्द्रमा विद्यार्थी कुटपिट गर्नेलाई कारबाही गर्न नेविसङ्घको माग


1k
Shares

काठमाडाैं । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले त्रिचन्द्र क्याम्पस हाताभित्र विद्यार्थीलाई कुटपिट गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ ।

नेविसङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आज एक विज्ञीप्त जारी गरी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई विथोल्ने गरी विद्यार्थी कुटपिट गरिएको भन्दै दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्नुभएको हो ।

“लामो समयपछि देशभर हर्षोल्लासका साथ सम्पन्न हुन गइरहेको स्ववियु निर्वाचनमा आज नेपालको सबैभन्दा पुरानो क्याम्पस त्रिचन्द्रमा स्ववियु निर्वाचनका लागि खटिएका निर्वाचन अधिकृतलाई धरपकड र लखेट्ने जस्ता अमर्यादित र निन्दनीय घटनाप्रति नेविसङ्घ खेद प्रकट गर्दछ”, नेविसङ्घद्वारा जारी विज्ञीप्तमा भनिएको छ ।

त्रिचन्द्रमा विवेक बानियाँ, सुन्दर बडाल, यसमान विष्ट, अर्जुन पौडेल, केशरजङ्ग बम, महेश खनाल, विनोद देउवा, रोहित चौधरी, सुरेन्द्र विश्वकर्मा, सुवास खड्का, गोविन्द कोइराला, सृष्टि सुवेदी, आश्विन अधिकारीलगायत विद्यार्थी घाइते भएको नेविसङ्घले जनाएको छ ।

नेविसङ्घ स्ववियु निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा सन्तोष उपाध्यायले अपराधिक घटनामा सङ्लग्न व्यक्ति माथि छानबिन गरी यथाशीघ्र कानुनी कारबाहीको माग गर्नुभएको छ । उहाँले स्ववियु निर्वाचन विथोल्नका लागि विभिन्न विद्यार्थी सङ्गठन लागेको आरोप लगाउनुभयो ।

नेविसङ्घले भोलि हुने स्ववियु निर्वाचनमा अमर्यादित क्रियाकलाप नगर्न र मतदान गर्न आउने विद्यार्थीलाई सुरक्षाको प्रत्याभूतिको दिलाउन गृह मन्त्रालयको ध्यानाकर्षण गरेको छ ।

Skip This