३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


’ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै


1.222k
Shares

काठमाडौं । शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा शनिबार लिगको पाँचौं चरणका अन्तिम तीन खेल हुँदैछन् ।

च्यासल मैदानमा फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लबबीच दिउँसो साढे २ बजे प्रतिस्पर्धा हुनेछ ।

यी दुवै टिम दोस्रो जित निकाल्ने योजनामा रहेका छन् ।

यस्तै, दशरथ रंगशालामा नेपाल पुलिस क्लब र न्युरोड टिम एनआरटीबीच पनि दिउँसो साढे २ बजे नै प्रतिस्पर्धा हुनेछ ।

यी दुवै टिम पहिलो जित निकाल्ने योजनामा रहेका छन् ।

रंगशालामा साँझ साढे ५ बजे हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यी दुवै टिम तेस्रो जित निकाल्ने योजनामा रहेका छन् ।