Logo १८ कार्तिक २०८२, मंगलबार | Tue Nov 4 2025


जेभियर कलेजद्वारा विज्ञान, प्रविधि र व्यापार मेलाकाे आयोजना


702
Shares

काठमाडाैं । जेभियर इन्टरनेशनल कलेजले विज्ञान, सूचना प्रविधि र व्यापार प्रदर्शनीको आयोजना गरेको छ ।

काठमाडौंको कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेजले बिहीबारदेखि ‘जेभियर विज्ञान, सूचना प्रविधि र व्यापार प्रदर्शनी २०२३’ को आयोजना गरेको हो । प्रदर्शनीमा २० वटा स्टलहरु रहेका र ति स्टलहरुमा अचारसँग सम्बन्धित, व्यापार, सिंचाई सम्बन्धी, खाना सम्बन्धी र पर्यटनसँग सम्बन्धित विभिन्न प्रदर्शनी रहेको आयोजकले जनाएको छ ।

सोही प्रदर्शनी दिगो विकास लक्ष्यलाई कार्यान्वयन गर्ने सन्दर्भमा त्यसका उद्देश्यहरु कसरी प्राप्त गर्न सकिन्छ, दिगो विकास लक्ष्यको उद्देश्य प्राप्तिका लागि के–के आविष्कार गर्नुपर्ला भन्ने विषयहरु देखाउनका लागि प्रदर्शनीको आयोजना गरिएको विद्यार्थी समर रञ्जितले बताउनुभयो ।

त्यस्तै, दिगो विकास लक्ष्यका उद्देश्यहरु पूरा गर्न विज्ञान, सूचना प्रविधि र व्यापारले कसरी सहयोग गर्छ भन्ने पनि प्रदर्शनीमा देखाइने उहाँले जानकारी दिनुभयो ।प्रदर्शनी मेला शुक्रबारसम्म चल्ने भएकाे छ ।