Logo २८ आश्विन २०८२, मंगलबार | Tue Oct 14 2025


म्याग्दीमा जीयर स्वामी जीलाई स्थानीयले गरे स्वागत


221
Shares

म्याग्दी । म्याग्दीको रत्नेचौरमा हिन्दुधर्मावलम्बीहरु (वैष्णव सम्प्रदाय) का ४ रामानुजाचार्य मध्ये अनन्तश्री विभूषित त्रिदण्डी श्रीमन्नारायण चिन्न जीयर स्वामी जीलाई भव्य रूपमा स्वागत गरिएको छ।

भारत सरकारको सर्वोत्तुङ्ग मानव पदवी ‘पदमा भूषण’ द्वारा सम्मानित जीयर स्वामी जी मुक्तिनाथ दर्शन गरेर फर्कने क्रममा म्याग्दीको बेनी नगरपालिका– १ रत्नेचौरमा रहेको लक्ष्मीहरी नारायण मन्दिरमा दर्शन गर्न आउनुभएको हो । उहाँलाई स्थानीयवासीले बाजागाजासहित भव्य रूपमा स्वागत गरेका छन् ।

परम वैद्धिक सनातन धार्मिक आश्रम श्री लक्ष्मीहरी नारायण मन्दिरका उत्तराधिकारी जगदगुरु हिमालयन बाबा एवं समितिका पदाधिकारी र रत्नेचौरवासीले बाजागाजासहित स्वामिजीलाई स्वागत गरेका हुन् ।
२०५४ सालमा यस मन्दिर स्थापना गर्नुभएका अनन्तश्री विभूषित सार्वभौम प्रपन्न जगदगुरु त्रिदण्डी श्रीपराङ्कशाचार्य जीयर स्वामी जी महाराजाको निमन्त्रणलाई स्वीकार गर्दै चिन्न जियर स्वामीजीले मुक्तिनाथ मन्दिरको दर्शन गरेर फर्कने क्रममा रत्नेचौरमा रहेको लक्ष्मीहरी नारायण मन्दिरको दर्शन गर्नुभएको हो ।

जीयर स्वामी जीले उपस्थित भक्तजनहरुकाे माझमा प्रवचन गर्नुभएको थियो । जीयर स्वामी जीको भ्रमणले मन्दिरको गरिमा बढ्नुको साथै पर्यटकीय क्षेत्रको रुपमा विकसित हुँदै गएको रत्नेचौरमा धार्मिक पर्यटक बढाउनमा सहयोग पुगेको मन्दिर संचालन समितिका महासचिव कृष्णबहादुर बोगटीले बताउनुभयो ।