
फाइल तस्बिर
काठमाडौं । बहुप्रतिष्ठित सिन्धुपाल्चोकमा निर्माणाधिन १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ ।
अन्तिम चरणका कामहरू भइरहेको र आयोजनाको निर्माण आगामी असारभित्र सक्ने लक्ष्य राखिएको सो आयोजनाले जनाएको छ ।
हाल सो आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचना (हेडवर्क्स) को निर्माण सम्पन्न भएको छ ।
हाल हेडवर्क्स क्षेत्रको प्रोटेक्सन कार्य भइरहेको छ । ७.२ किलोमिटर मुख्य सुरूङ खन्ने कार्य सम्पन्न गरी कंक्रिट लाइनिङको काम भइरहेको छ ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।





प्रतिक्रिया दिनुहोस्