Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


उत्तरपश्चिम पाकिस्तानमा पाँचजना आतङ्ककारी मारिए


117
Shares

एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा गरिएको सैन्य कारबाहीमा पाँच आतङ्ककारी मारिएका छन् ।

पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले जनाएअनुसार सुरक्षा बलहरूले प्रान्तको उत्तरी वजिरिस्तान र दक्षिण वजिरिस्तान जिल्लाहरूमा कारबाही शुरु गरेको छ।

“अपरेसनका क्रममा तीव्र गोली हानाहान भएको र त्यसमा पाँचजना आतङ्ककारी मारिएका छन्,” सेनाको विज्ञप्तिमा भनिएको छ ।

मारिएका आतङ्ककारीहरूबाट हतियार, गोलाबारुद र ठूलो परिमाणमा अन्य हतियारजन्य उपकरण पनि बरामद गरिएको पनि सेनाले जनाएको छ ।