काठमाडौं । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी(पीएनजी) ले यूएईलाई पराजित गरेको छ ।
यो हारसँगै युएईको लिग टू को शीर्ष ३ मा रहेर सिधा विश्वकप छनोट हुने सम्भावना औपचारिक रुपमा समाप्त भएको छ ।
विश्वकप छनोटका लागि युएईले छनोट प्लेअफ खेल्ने छ । कीर्तिपुरस्थित टियु मैदानमा पीएनजीले ५६ रनको जित हात पारेको छ ।
पीएनजीले दिएको २ सय ४७ रनको लक्ष्य पछ्याएको युएईले ४२ ओभर २ बलमा मात्र १ सय ९० रनमा अलआउट भयो।









प्रतिक्रिया दिनुहोस्