Logo ९ असार २०८३, मंगलबार | Wed Jun 24 2026


क्याम्पसका लोकप्रिय विद्यार्थीलाई उम्मेदवार नबनाए विद्रोह गर्ने सिटौलानिकट विद्यार्थीको चेतावनी


156
Shares

काठमाडौँ । नेविसंघका कृष्णप्रसाद सिटौलानिकट विद्यार्थीहरूले क्याम्पसमा विद्यार्थीमाझ भिजेका पुपलर र स्वाभाविक विद्यार्थीलाई उम्मेदवार नबनाए विद्रोह गर्ने चेतावनी दिएका छन्।

शुक्रबार काठमाडौँको बालमिकि क्याम्पसममा आयोजित नेविसंघ भेलाले स्वाभाविक विद्यार्थीलाई उम्मेदवार नबनाएर आसेपासेलाई टिकट दिइए विद्रोह गर्ने चेतावनी दिएको हो।

गुटको नाममा लामो समयदेखि विधान, पद्धति र विद्यार्थीको आवाज उठाउन खोजेका नेतालाई पाखा लगाउने कुचेष्टा नगर्न भन्दै देशभरिको क्याम्पसमा विद्रोह गर्ने सङ्केत सो समूहले गरेको हो।

भेलालाई सम्बोधन गर्दै लामो समयदेखि सङ्गठन भनेर दुःख गरेको र क्याम्समा लोकप्रिय रहेका विद्यार्थीलाई गुठ र गठबन्धनको नाममा अवसरबाट वञ्चित बनाउने काम भएमा हरेक क्याम्पसमा स्वतन्त्र उम्मेदवार उठाउने चेतावनी नेविसंघका पूर्व केन्द्रीय सदस्य सुशिल भट्टले जानकारी दिनुभयाे।

नेविसंघका पूर्व महामन्त्री तथा बाग्मती प्रदेशका सचेतक साथै नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेको प्रमुख आतिथ्ययतामा सम्पन्न उक्त भेलामा कांग्रेस बागलुङ जिल्ला सभापति जित शेरचन, नेविसंघकै पूर्व महामन्त्री बलदेव तिमल्सिना, पूर्वउपाध्यक्ष रामप्रसाद अधिकारी, पूर्वसहमहामन्त्री परमेश्वर शाह, पूर्वकेन्द्रीय सदस्य सुशिल भट्ट, नवराज त्रीपाठी, उमेश थापामगर युवा नेता इन्दु शर्मा, लिला बल्ल दाहाल, दीपेन्द्र क्षेत्री, नेविसंघका नेताहरु दीपक ओझा, रुपेश साह, नीराजन शाही, राजकुमार उप्रेती, महेश पौडेल, प्रशान्त लामिछाने, विनोद बराल , मनिष सिम्खडा लगायतका उपत्यकाका सयौँ नेता कार्यकर्ता सहभागी भएको नेविसंघका नेता मनिष रायमाझीले बताउनुभयाे।