२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


यूएई र पीएनजी खेल्दै, युएईले पहिला फिल्डिङ गर्दै


663
Shares

काठमाडौं । आईसीसी विश्वकप लिग–टू क्रिकेटअन्तर्गतको अन्तिम त्रिकोणात्मक श्रृंखलामा शुक्रबार युएई र पपुवा न्युगिनी (पीएनजी) भिड्दैछन् ।

टियु क्रिकेट मैदानमा भएको टसमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

खेल बिहान साँढे ९ बजे कीर्तिपुर क्रिकेट मैदानमा सुरु हुनेछ ।

पहिलो खेलमा नेपालसँग पराजित पीएनजी शुक्रबारको खेलमा जित निकाल्न चाहान्छ । बिहीबार भएको सिरिजको पहिलो खेलमा पीएनजी नेपालसँग ५२ रनले पराजित भएको थियो ।

सिरिजमा पहिलो खेल खेल्न लागेको यूएई भने जितका साथ यो सिरिजको सुरुवात गर्न चाहान्छ ।

बिहीबार सुरु भएको श्रृंखलामा आयोजक नेपालले विजयी सुरुवात गरेको छ । बिहीबार भएको खेलमा पीएनजीलाई ५२ रनले हराउँदै नेपालले विश्वकपको ग्लोबल क्वालिफयर खेल्ने सम्भावना जिवित राखेको हो ।