
काठमाडौं । एएफसी यु–२० महिला एशियन कप छनोटमा नेपालले बुधबार प्यालेस्टाइनसँग खेल्दैछ ।
नेपाल र घरेलु टोली प्यालेस्टाइनबीचको खेल फैजल हल हुसेइनी इन्टरनेशनल स्टेडियममा नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरू हुनेछ ।
दुवै टोली सुखद सुरुआतको योजनामा रहेका छन् ।
केही समयअघि साफ यु–२० च्याम्पियनसिपमा उपविजेता बनेको नेपाल एशियन छनोटको पहिलो चरण पार गर्दै दोस्रो चरणमा पुग्ने लक्ष्यमा छ ।
समूह ुबीु मा नेपाल, प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड रहेको छ ।
प्रतिक्रिया दिनुहोस्