२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै


650
Shares

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बुधबार तीन खेल हुँदैछन् ।

बुधबार दशरथ रंगशालामा दुई र च्यासल मैदानमा एक खेल हुनेछ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब भिड्नेछन् । पुलिस र हिमालयनबीचको खेल दिउँसो २ः३० बजे सुरू हुनेछ । पुलिस पहिलो जितको खोजिमा हुनेछ । पहिलो खेलमा पुलिसलाई चर्च ब्वाइजले हराएको थियो । हिमालयन शेर्पा पनि पहिलो जितको योजनामा रहेको छ । पहिलो खेलमा हिमालयनले मनाङसँग बराबरी खेलेको थियो ।

दशरथ रंगशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबबीच प्रतिष्पर्धा हुनेछ । मनाङ र संकटाबीचको खेल साँझ ५ः३० बजे सुरू हुनेछ ।

मनाङले पहिलो खेलमा हिमालयनसँग बराबरी खेलेको थियो । संकटाले पहिलो खेलमा आर्मीसँग बराबरी खेलेको थियो ।

यसैगरी, च्यासल मैदानमा हुने खेलमा एपीएफ क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिष्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ः३० बजे सुरू हुनेछ ।

एपीएफले पहिलो खेलमा थ्री स्टारलाई हराएको थियो । यस्तै, सातदोबाटोले पहिलो खेलमा एनआरटीलाई हराएको थियो ।