एजेन्सी । इंग्लिस क्लब चेल्सी युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।
मंगलबार राति अन्तिम १६ को दोस्रो लेगमा डर्टमण्डलाई २–० ले हराउँदै चेल्सी समग्रमा २–१ को नतिजा सहित क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
चेल्सीका लागि राहिम स्टर्लीङ र काई हभार्ट्जले गोल गरे ।
खेलको ४३ औं मिनेटमा रहिमले गोल गर्दै चेल्सीलाई सुरूवाती अग्रता दिलाएका थिए । ५३ औं मिनेटमा हाभर्टजले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए ।






प्रतिक्रिया दिनुहोस्