९ असार २०८२, सोमबार | Mon Jun 23 2025


नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो


2.431k
Shares

काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गतको सिरिजमा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

मंगलबार साँझ युएई गएको नेपाली टोली स्वदेश फर्किएको हो ।

लिग टु सिरिजको आफ्नो अन्तिम विदेशी त्रिकोणात्मक सिरिज खेलेर नेपाली टोली स्वदेश फर्किएको छ ।

युएई भ्रमणका क्रममा नेपालले खेलेको चार मध्ये तीन खेलमा जित हात पारेको थियो । पपुवान्युगिनी र घरेलु टोलीसँग समान २÷२ खेल खेलेको थियो । जसमा पपुवान्युगिनीसँगका दुवै खेल जितेको थियो भने युएईसँगको पहिलो खेल हारेको थियो ।

नेपालले पपुवान्युगिनी र युएईसँग नै घरेलु मैदानमा आईसीसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम सिरिज खेल्दै छ ।

नेपालसँगै युएई पनि नेपालमा हुने सिरिजका लागि मंगलबार नै नेपाल आएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा आयोजना हुने सो खेलको पहिलो खेलमा नेपालले मार्च ९ (फागुन २५) मा पपुवान्युगिनीसँग खेल्ने छ ।

मार्च १२ (फागुन २८) मा युएईसँग नेपालले दोस्रो खेल खेल्ने छ । मार्च १३ (फागुन २९) मा पपुवान्युगिनीसँग नेपालले पुनः खेल्ने छ । विश्वकप लिग टुको अन्तिम खेलमा मार्च १६ (चैत २) मा युएईसँग खेल्ने छ ।