१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


इंग्लीश प्रिमियर लिगमा लिभरपुलद्वारा म्यान्चेस्टर पराजित


78
Shares

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यान्चेस्टर युनाईटेडलाई ७–० ले पराजित गरेकाे छ ।

आइतबार राति आफ्नै मैदानमा भएको खेलमा लिभरपुललाई फराकिलो जित दिलाउन कोडी गाक्पो, डार्विन नुनेज र मोहमद सालाहले २-२ गोल गरेका हुन् । रोबर्टो फिर्मिन्होले एक गोल थपेका थिए ।

आइतबार रातिको खेलमा गोल गरेसँगै मोहोमद सालाह लिभरपुलका लागि प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले १ सय २९ गोल गर्दै रबी फौलरको कीर्तिमान भंग गरेका हुन् ।

प्रिमियर लिगकै अर्को खेलमा एभर्टनले नटिङ्घम फरेष्टसँग २–२ गोलको बराबरी खेलेको छ । जितसँगै लिभरपुल २५ खेलमा ४२ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।

एक खेल बढी खेलेको टोटन ह्याम ४५ अंकसहित चौंथो स्थानमा रहँदा ४९ अंक जोडेको म्यान्चेस्टर युनाईटेड तेस्रो स्थानमा रहेकाे छ । शीर्ष स्थानको आर्सनलको ६३ अंक छ भने ५८ अंकसहित म्यान्चेस्टर युनाइटेड दोस्रो स्थानमा रहेको छ ।