Logo ३१ आश्विन २०८३, शनिबार | Sat Oct 17 2026


“ह‍ोली मिलन समारोह” कार्यक्रम भव्यताका साथ सम्पन्न


364
Shares

बारा । हिन्दुहरुको पावन पर्व होली (फागु पूर्णिमा) को उपलक्षयमा शुक्रबार जनमत पार्टी बारा सिम्रौनगढ नगरपालिका कमिटीले एक समारोहका बीच “ह‍ोली मिलन समारोह” कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

होली मिलन समारोहमा आपसी भाइचारा, सुमधुर सम्बन्ध विस्तार, पुराना बिचार र आपसी सदभाव बनाई राख्नको लागि रंगको जस्तो रंगिन जीवन हाँसीखुसी बितोस भन्ने उद्देश्यले तथा वर्ष दिनहरुको तिता–मिठा कुराहरुलाई बिर्सेर नया दिनको सुरुआतको लागि होली मिलन समारोह आयोजना गरिएकाे जनमत पार्टी बाराका निवर्तमान सचिव विजय गुप्ताले बताउनुभयाे ।

उहाँले हाेलीलाई हाम्राे जीवनमा नयाँ उमङ्ग तथा जाेशजागर ल्याउने पर्वकाे रुपमा लिनेकाे गरेकाे जानकारी दिनुभयाे ।

Skip This