Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


भारतीय कंग्रेस पार्टीकी नेतृ सोनिया गान्धी अस्पताल भर्ना


455
Shares

एजेन्सी। भारतीय कंग्रेस पार्टीकी नेतृ सोनिया गान्धी अस्पताल भर्ना हुनुभएकाे छ।

उहाँलाई राजधानी नयाँ दिल्लीस्थित गंगाराम अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार अस्पतालले जारी गरेको रिपोर्टमा उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको छ ।

अस्पताल प्रशासनका अनुसार गान्धीलाई बिहीबार भर्ना गरिएको थियो । अस्पतालका अध्यक्ष डीएम राणाले उनी डा. अरुप वासुको निगरानीमा अस्पताल भर्ना भएको बताउनुभयाे ।