४ असार २०८२, बुधबार | Wed Jun 18 2025


इच्छा विपरित होली नखेल्न जिल्ला प्रशासनको आग्रह


65
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैको इच्छा विपरित होली नखेल्न आग्रह गरेको छ ।

प्रशासनले सूचना जारी गर्दै होलीपर्व हर्षोल्लासपूर्वक मनाउने क्रममा कसैको इच्छा विपरित रंग लोला तथा पानी नछ्याप्न आग्रह गरेको छ ।

मादक पदार्थ सेवन गरी सवारी चलाउने, सार्वजनिक स्थलहरुमा होहल्ला गर्ने र कुनै पनि व्यक्तिको निजी जीवनमा नकारात्मक असर पर्ने खालका गतिविधि नगर्न सूचनामा भनिएको छ ।

कानून विपरितका गतिविधि गरे प्रचलित कानून बमोजिम कडा कारवाही गर्ने प्रशासनले चेतावनी पनि दिएको छ । यही फागुन २२ गते फागु पूर्णिमा (होलीपर्व) मनाइँदै छ ।