१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


‘राजनीतिक अस्थिरता बढ्दा बजारमा अनियन्त्रित बेथिति बढ्यो’


39
Shares

काठमाडौं । देशमा राजनीतिक अस्थिरता बढ्दा बजारमा अनियन्त्रित बेथिति बढेको सरोकारावालाहरुले औंल्याएका छन् ।

राष्ट्रिय उपभोक्ता मञ्चले मंगलबार भक्तपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा राष्ट्रिय उपभोत्ता मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले राजनीतिक अस्थिरता बढ्दा उपभोक्ता मारमा पर्ने गरि बजारमा बेथिति बढेको बताउनुभयो ।

नेपालको नीति निर्माण गरिने सिंहदरबारमा सांसद र मन्त्रीले उपभोग गर्ने खाद्य नै गुणस्तरहिन भएको र अबैध रुपमा सञ्चालनमा रहेको क्यान्टिनको उपभोग गर्ने नेतृत्वबाट उपभोक्ता सधैं पीडित बन्नुपर्ने महर्जनको भनाइ छ ।

बिचौलियाले राज्य सञ्चालन गर्दै आएका नेतादेखि मन्त्रीसम्मलाई बोकेर हिँड्ने गर्दा पाँच रुपैयाँको तरकारी उपभोक्ताको चूलोसम्म पुग्दा ८० रुपैयाँ पुगेको उहाँको गुनासो छ । बजार मंहगी नियन्त्रण गर्ने सरकारी संयन्त्र निकम्मा भएको बताउँदै उहाँले मनोमानी रुपमा महंगी बढ्दा पनि सरकार मौन बस्नुले पनि बिचौलिया र सरकारको साँठगाठ भएको पुष्टि हुने जिकिर गर्नुभयो ।