Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


लियोनल मेस्सी फिफा वर्ष खेलाडी घोषित


1.2k
Shares

एजेन्सी । अर्जेन्टिनाका फुटबल खेलाडी लियोनल मेस्सी सन् २०२२ को फिफा वर्ष खेलाडी घोषित भएका छन् ।

फिफाले हरेक वर्ष दिने बेस्ट फुटबल अवार्ड अन्तर्गत पुरुषतर्फको वर्ष खेलाडी बन्न मेस्सीले आफ्नै क्लब फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फ्रान्सका खेलाडी किलियन एम्बाप्पे तथा रियल मड्रिडका फ्रान्सका खेलाडी करिम बेन्जमालाई पछि पार्दै उपाधि जितेका हुन् ।

३५ वर्षीय मेस्सीले अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि जिताएका थिए । मेस्सीले २०२१/२२ मा क्लब र राष्ट्रका लागि ४९ खेलमा २७ गोल गरेका थिए ।

यसैगरी, फिफा बेस्ट अवार्डमा महिलातर्फ बार्सिलोनाकी स्पेनिस खेलाडी अलेक्सीया पुटेलास वर्ष खेलाडी घोषित भइन् ।

उनले गत सिजन बार्सिलोनाको लागि ३४ गोल गरेकी थिइन् ।

प्रशिक्षकहरुमा पुरुषतर्फ अर्जेन्टिना राष्ट्रिय टोलीका प्रशिक्षक लियोनल स्कोलानी तथा महिलातर्फ इंग्लिस टोलीकी प्रशिक्षक सारिना वेइगमन उत्कृष्ट ठहरिए ।

यसैगरि अर्जेन्टिनाका एमिलियानो मार्टिनेज र इंग्ल्याण्डकी मेरी अरप्सले उत्कृष्ट गोलकिपरको अवार्ड जिते ।