२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


महिला टी–ट्वान्टी : दोस्रो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र इंग्ल्याण्ड भिड्दै


494
Shares

एजेन्सी । दक्षिण अफ्रिकामा जारी रहेको आठौं संस्करणको महिला टी–ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा शुक्रबार आयोजक दक्षिण अफ्रिका तथा इंग्ल्याण्ड भिड्दै छन् ।

खेल नेपाली समयअनुसार बेलुका पौने ७ बजे केपटाउनमा हुनेछ ।

इंग्ल्याण्ड समूह ‘बी’ को शीर्ष स्थानमा तथा दक्षिण अफ्रिका समूह ‘ए’ को उपविजेता भएर सेमिफाइनलमा प्रवेश गरेका थिए ।

पछिल्लो पाँच टी–ट्वान्टी खेलमा इंग्ल्याण्डले चार खेल जितेको छ भने दक्षिण अफ्रिकाले एक खेल मात्र जितेको छ ।

शुक्रबारको सेमिफाइनलका विजेताले उपाधिको लागि अष्ट्रेलियासँग खेल्नेछ ।

बिहीबार राति साविक विजेता अष्ट्रेलियाले पहिलो सेमिफाइनल खेलमा भारतलाई ५ रनले हराएको थियो ।