१५ असार २०८२, आइतबार | Mon Jun 30 2025


अल्ट्रा ट्रेल रेस फागुनको तेस्रो साता हुँदै


26
Shares

काठमाडौं । तेस्रो संस्करणको मञ्जुश्री अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रेस फागुनको तेस्रो साता हुने भएको छ ।

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश र स्वतन्त्र सामाजिक प्रतिष्ठान पोखराको संयुक्त आयोजना रेस हुन लागेको हो ।

आयोजकले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर ट्रेल रेस फागुन २०, २१ र २२ गते हुने जानकारी गराएको हो ।

उपत्यकाका तीनै जिल्लाका विभिन्न भागलाई समेट्दै आयोजकले रेस आयोजना गर्न लागेका हुन् । ट्रेल रेसमा ६ वटा विधामा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । रेस प्रतियोगितामा करिव ४० देशका ३५० जना धावकहरूको सहभागिता रहने छ ।

सहभागितालाका लागि अनलाईन प्रणालीमार्फत दर्ता गर्नुपर्ने छ । २४ जना रेस कोर्ष डिजाईनर, ५ जना रेस कोर्ष मार्कर, ३८ जना रेस टाईमिङ पर्सन तथा ३८ जना सर्विस पर्सनको प्रत्यक्ष निगरानी एवं रेफ्री तथा अफिसियको रोहवरमा रेस प्रतियोगिता सञ्चालन हुने आयोजकले बताएका छन् ।

प्रतियोगिताका लागि वागमती प्रदेशले ५० लाख उपलब्ध गराउने बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीले जानकारी दिनुभयो ।