Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


थियागो सिल्भाले थपे चेल्सीसँगको सम्झौता


104
Shares

एजेन्सी । ब्राजिली भेट्रान डिफेन्डर थियागो सिल्भाले इंग्लिस क्लब चेल्सीसँगको सम्झौता नविकरण गरेका छन् ।

सिल्भाले चेल्सीसँग थप एक वर्षको सम्झौता नविकरण गरेको हो ।

यससँगै ३८ वर्षीय सिल्भा २०२४ को समरको अन्त्यसम्म स्टामफोर्ड ब्रिजमा रहनेछन् ।

सिल्भा २०२० मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट चेल्सीमा अनुबन्ध भएका थिए । सोही सिजन चेल्सीले युइएफए च्याम्पियन्स लिगको उपाधि जिताउनु उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।

चेल्सीमा आबद्ध भएसँगै उनले चेल्सीका लागि सबै प्रतियोगितामा १०६ खेल खेलेका छन् । जसमा दुई एफए कप फाइनल र एक इएफएल कप फाइनल पनि समावेश छ ।

११३ अन्तर्राष्ट्रिय खेल खेलेका सिल्भाको कप्तानीमा ब्राजिल गत नोभेम्बर र डिसेम्बरमा कतारमा भएको फिफा विश्वकपको क्वाटरफाइनलसम्म पुगेको थियो ।

ब्राजिल क्रोएसियासँग पेनाल्टीमा पराजित हुँदै घर फर्किएको थियो । ब्राजिलका लागि उनले ७ गोल गरेका छन् ।