१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


म्यानचेस्टर सिटीले वित्तिय नियम मिचेको ठहर


195
Shares

एजेन्सी । इंग्लिस प्रिमियर क्लब म्यान्चेस्टर सिटीले सयभन्दा बढी वित्तिय नियम मिचेको ठहर प्रिमियर लिगले गरेको छ ।

प्रिमियर लिगको एउटा छानबिन समितिले सन् २०१८ देखि चार वर्ष लगाएर गरेको छानबिनले सिटीलाई सयभन्दा बढी वित्तिय नियम पालनामा दोषी ठहर गरेको हो ।

क्लबलाई दोषी ठहर गरिएपनि कुनै खास कारबाहीको लागि भने सिफारिस गरिएको छैन ।

प्रिमियर लिगका क्लबहरुले वित्तिय नियम उल्लंघन गरेको कसुरमा आर्थिक जरिवाना गराउनेदेखि, लिग तालिकामा अंक घटाउने वा प्रिमियर डिभिजनबाटै घटुवा गर्नसक्नेसम्मको कारबाही हुनसक्छ ।

सिटीले सन् २००९ देखि २०१८ को बीचमा खेलाडी किनबेच र अन्य आर्थिक कारोबार गर्दा वित्तिय नियमहरु मिचेको प्रिमियर लिगको ठहर छ ।

सन् २००८ मा युएईको अबु धाबी युनाइटेड ग्रुपले क्लबको स्वामित्व खरिद गरेयता सिटीले अरबौ डलर खर्च गरेको थियो । त्यसपछि विश्व फुटबलमा क्लबहरुले गर्ने खर्चको सिमा र मापदण्ड कसिलो बनाउँदै ‘फाइनान्सियल फेयर प्ले’ को नियम लगाईएको थियो ।