Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


नेपाल एपीएफ क्लबले जित्याे दाेस्राे उपाधि


182
Shares

काठमाडाैं । विभागीय टोली नेपाल एपीएफ क्लब तेस्रो टाईगर कप अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फको च्याम्पियन बनेको छ ।

पोखरा रंगशालाको कभर्ड हलमा शनिबार भएको फाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले दोस्रो पटक उपाधि जितेको हो ।

एपीएफले आर्मीलाई पहिलो सेटमा २५–२० को स्कोरमा पराजित गर्‍यो । दोस्रो सेटमा भने आर्मीले एपीएफमाथि २५–२२ को जित निकाल्यो । तर,तेस्रो सेटमा २५–८ र चौथो सेटमा २५–२२ को स्कोर निकालेपछि एपीएफ विजयी भयो ।

उपाधिसँगै एपीएफले ५ लाख रुपैयाँ र उपविजेता आर्मीले २ लाख ५० हजार रुपैयाँ पाएको छ । डिफेन्डिङ च्याम्पियनसमेत रहेको एपीएफ र आर्मी गत वर्ष सञ्चालित टाइगर कपको दोस्रो संस्करणमा पनि फाइनलमा भिडेका थिए । त्यतिबेला एपीएफले आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै च्याम्पियन बनेको थियो ।