२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पल्सर स्पोटर्स अवार्डको फागुन २३ गते हुने


91
Shares

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष गर्दै आएको एनएसजेएफ पल्सर स्पोटर्स अवार्ड २०७८ फागुन २३ गते हुने भएको छ ।

मञ्चले सोमबार काठमाडौंमा एक कार्यक्रम गर्दै १९औं संस्करणको पल्सर स्पोट्र्स अवार्ड २०७८ आगामी फागनु २३ गते गर्ने घोषणा गरेको हो ।

२०७८ सालभर नेपाली खेलकुदमा योगदान पुर्‍याउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई यस अवार्डमार्पmत सम्मान गरिने छ । आजै एनएसजेएफ स्पोट्र्स अवार्डले मुख्य प्रायोजकको रूपमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.को बजाज पल्सर मोटरसाइकलसँग आगामी पाँच वर्षका लागि नवीकरण गरेको छ ।

मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र मुख्य प्रायोजक हुलासका प्रवन्ध निर्देशक अभिमन्यु गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । प्रबन्ध निर्देशक गोल्छाले नेपाललाई विश्वमाझ पहिचान दिलाउन खेलकुद उत्तम माध्यम भएकाले खेलकुद क्षेत्रमा नै योगदान पुर्‍याएका खेलकर्मीको सम्मानमा जोडिन पाउँदा खुशी लागेको बताउनुभयो ।

अवार्ड कार्यक्रममा मञ्चले वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेण्ट अवार्ड र एशियन स्पोट्र्स जर्नालिस्ट अवार्ड वितरण गर्दैछ ।

वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस गरी पाँच विजेताले बजाज पल्सर मोटरसाइकल पाउने छन् । अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर पाउने आयोजकले जनाएको छ ।