Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


नेपालमा कफी उत्पादन ५० प्रतिशत कमी


52
Shares

काठमाडौं । पछिल्लो समय नेपालमा कफी उत्पादनमा ५० प्रतिशत कमी आएको बताइएको छ ।

सोमबार काठमाडौंमा आयोजित नेपालको कफी उत्पादन सम्बन्धि गरिएको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ सहायक जित चौधरीले नेपालमा पछिल्लो समय ५० प्रतिशत कफी उत्पादनमा कमी आएको बताउनुभएको हो ।

उहाँले पछिल्लो १० वर्षको तुलनामा नेपालमा कफी खेती बढेपनि उत्पादन भने ५० प्रतिशतले घटेको अनुसन्धानले देखाएको बताउनुभयो । उहाँले नेपालको कफी उत्पादन ६ केजी प्रतिहेक्टर भएपनि अन्यदेशको तुलनामा अत्यन्तै कम भएको बताउनुभयो ।

चौधरीले नेपालमा अब व्यापार तथा निर्यात भन्दा पनि उत्पादन वृद्धिमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले नेपालमा कफीको उत्पादन बढाउनको लागि बाहिरी देशबाट नयाँ प्रजातिको बीउ ल्याएर वा कफी खेतीमा सुधार गरी उत्पादन वृद्धि गर्नुपर्ने बताउनुभयो ।

उहाँले नेपालमा कफी खेती धेरै भएपनि कम उत्पादन हुनुमा नेपालमा भएको कफीको वंशाणुगत गुणहरु वर्षैपिच्छे कम हुँदै जानु रहेको बताउनुभयो । उहाँले नेपालमा उच्च किसिमको उत्पादन दिने जातको कफी पनि नभएको बताउनुभयो ।