१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


किड्जीद्वारा बाल सुरक्षा अभियान ‘आई केयर’ सुरु


52
Shares

काठमाडौं । एशियामा लोकिप्रिय दाबी गरिएको प्रि-स्कुल चेन किड्जीले काठमाडौंमा बाल सुरक्षा सम्बन्धी अभियान ‘आई केयर’ सुरु गरेको छ ।

कम्पनीले हालै काठमाडौंमा एक यस सम्बन्धी गोष्ठी आयोजना गरी अभियानको सुरुवात गरेको हो ।

बाल दुर्व्यवहारको विभिन्न प्रकार, लक्षण र विनाशकारी प्रभावका बारेमा दर्शकहरूलाई सचेत र शिक्षित बनाउने उद्देश्यकासाथ बाल दुर्व्यवहारको रोकथामका लागि यो अभियान थालेको जनाएको छ ।

ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्रचार्यले अभियानको प्रशंसा गर्नुभयो । किड्जीले २ हजार बढी केन्द्रको सञ्जालका साथ १४ लाख विद्यार्थीलाई पालन-पोषण गरेको र १ लाख बढी शिक्षकलाई तालिम दिएको जनाएको छ ।