
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मृत्युपछि आफ्नो शरीरका सम्पूर्ण अंगहरु दान गर्ने घोषणा गर्नुभएको छ ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा शुक्रबार काठमाडौंको आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मृत्युपछि सम्पूर्ण शरीर दान गर्ने घोषणा गर्नुभएको हो ।
कार्यक्रममा उहाँले केन्द्रले विपन्न बिरामीको निःशुल्क डायलसिस गरेको र स्वदेशमै प्रत्यारापण गरेर सजिलो बनाएको भन्दै प्रत्यारोपण केन्द्रको प्रशंसा पनि गर्नुभयो ।
आफू अघिल्लो पटक प्रधानमन्त्री हुँदा सल्लाघारीको ९९ रोपनी जग्गा केन्द्रलाई दिने निर्णय गरेकोमा अझै कार्यान्वयन नभएको भन्दै मानव अंग प्रत्यारोपण केन्द्रको विस्तार जरुरी रहेको बताउनुभयो ।
अहिले वार्षिक ३ सय जना नेपालीहरुले मिर्गौला प्रत्यारोप गर्ने गरेको र त्यस मध्ये दुई सय वटा शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रले गरेको जानकारी कार्यक्रममा दिइएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्