Logo २९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026


आफ्नो दललाई प्रमुख प्रतिपक्ष दल घोषणा गर्न प्रेम सुवालको माग


260
Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आफ्नो दललाई प्रमुख प्रतिपक्ष दल घोषणा गर्न माग गर्नु भएको छ ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले प्रतिनिधिसभा बैठक स्थगित गरेर आफ्नो दललाई पहिला प्रमुख प्रतिपक्ष दल घोषणा गर्नुपर्ने तर्क समेत गर्नु भयो ।

सांसद सुवालले सरकारलाई समर्थन गर्ने दल नेपाली कांग्रेस कानुनी हिसाबले र विज्ञहरुको सुझावको आधारमा पनि प्रमुख प्रतिपक्ष दल बन्न नमिल्ने भएकाले आफ्नो दललाई प्रमुख प्रतिपक्ष दल घोषणा गरेर मात्रै प्रतिनिधि सभा बैठकलाई अघि बढाउनुपर्ने कानुनी व्यवस्थालाई तत्काल कार्यान्वयनमा ल्याउन पनि प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणा र संघीय संसद सचिवालयको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

उहाँले कानुनी, व्यवहारिक र राजनीतिक रुपले नेपाली कांग्रेस विपक्ष दल हुन नसक्ने कुरा नेकपा (एमाले) अध्यक्ष केपी ओलीले समेत अभिव्यक्ति दिएकाले पनि कांग्रेसलाई विपक्ष दल मान्न नमिल्ने जिकीर गर्नुभयो ।

सांसद सुवालले कांग्रेसलाई प्रमुख प्रतिपक्ष दल मान्ने हो भने संघीय संसदले नेपालमा पश्चिमी शैलीको संसदीय व्यवस्था समाप्त भयो भनेर घोषणा गर्नुपर्ने धारणा समेत राख्नुभयो ।