Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


आज सन्दीप लामिछाने थुनामुक्त हुँदै


221
Shares

काठमाडौं । जबरजस्ती करणीको आरोपमा थुनामा रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने शुक्रबार रिहा हुने भएका छन् ।

शुक्रबार बिहान अदालत खुलेसँगै धरौटीको प्रक्रिया अगाडि बढ्ने भएकाे हाे । धरौटीको प्रक्रिया पूरा भएपछि मात्रै लामिछाने थुनामुक्त हुने भएका छन् । बिहिबार लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न पाटन उच्च अदालतले आदेश दिएको थियो। अदालतको आदेशसँगै लामिछाने शुक्रबार रिहा हुने भएका छन्।

बिहिबार उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो यसअघि जिल्ला अदालत काठमाडौंले थुनामा पठाउने आदेश दिएको थियो। धरौटीमा रिहा भएपछि पनि लामिछानेले देशबाहिर जान भने प्रदेश सरकारको अनुमति लिनुपर्ने सर्त आदेशमा उल्लेख गरिएको छ।

लामिछाने गत असोज २० गते नाबालिग बलात्कारको अभियोगमा पक्राउ परेका थिए।