Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


कपिलवस्तुको तीन स्थानमा माघी महोत्सव हुने


793
Shares

सुशील गैरे
कपिलवस्तु । थारु समुदायमा मुख्य पर्वकाे रुपमा मनाइने माघी पर्व कपिलवस्तुको ३ ठाउँमा हुने भएको छ।

थारु जातिको अस्तित्व जाेगाउन कपिलवस्तुको बाणगंगा, बुद्धभूमि र शिवराज नगरपालिकामा महोत्सव हुने भएको थारु कल्याणकारीणी सभा कपिलवस्तुले जनाएको छ ।

बुद्धभुमि नगरपालिका वडा नम्बर-९, चाैवन्नमा पुस ३० र माघ १ गते र बाणगंगा नगरिपालिका वडा नम्बर-९, कपिलधाममा माघ २,३ र ४ गते, शिवराज नगरपालिकामा माघ २ र ३ गते करहियामा हुने कल्याणकारीणी सभा कपिलवस्तुले जनाएको छ ।

जिल्लाकाे तीन वटै पालिकाकाे महोत्सवमा थारु जातिको भाषा, कला, संस्कृति झल्किने विभिन्न सामाग्रीको प्रदर्शनी र थारु खानाका परिकार स्टल रहने छन् भने थारु जातिका विभिन्न नाच तथा झाँकीको प्रदर्शनी समेत गरिनेछ ।

महोत्सव अवधिभर थारु संस्कृति झल्कने झुमरा, झर्रा, बड्का नाँच, लाठी नाच, मयूर नाच, सजनी विरहनी, रेकर्ड डान्स प्रतियोगिता हुने छन् भने महोत्सवलाई थप मनोरञ्जनात्मक तथा आकर्षक बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति समेत रहने समितिका कल्याणकारीणी सभा जिल्ला सभापति उमाशंकर थारुले बताउनु भयाे ।