
सुशील गैरे
कपिलवस्तु । जाडो मौसम सुरु भए संगै विश्व सिमसार क्षेत्रमा सुचिकृत कपिलवस्तु नगरपालिका ९ र १० स्थित जगदीशपुर तलामा आगन्तुक चराहरुको आगमन बढेको छ।
विश्व सिमसार क्षेत्रमा सुचिकृत यस तालमा चिन, मंगोलिया तथा रुसको साइबेरिया सहितका क्षेत्रबाट चरा आउने गर्दछ्न। चरा तालमा जाडो छल्न तथा बच्चा कोरल्न आउने गरेको चरा विज्ञको भनाइ छ। तराईमा चिसो मौसम सुरु हुना साथ तलामा चरा आउने गर्दछन।
यस तालमा १५० भन्दा बढी जातका चराचुरुङ्गी पाइन्छन् । त्यसैगरी यस तालमा विभिन्न प्रजातिका माछाहरु, कछुवा, भ्यागुता आदि जलप्राणी पाइन्छन् । सिमसार वनस्पतिहरुमा बेहाय, पटेर, कमल, जंगली धान, सिंगडा लगायतका वनस्पतिहरु यस तालमा पाइन्छन् ।
तालमा सिमसारमा आश्रित ६१ प्रजातिका र अन्य ५७ प्रजातिका चरा पाइन्छन् । त्यस्तै विश्वमै दुर्लभ मानिएका ७ प्रजातिका चराहरु पाइने कुरा नेपाल पंक्षी संरक्षण संघले जनाएको छ ।
साइबेरिया, रुस, चीन, मंगोलिया, मध्य एशियाका तुर्के्मिमनिस्तान र किर्गिस्तान लगायतका देशबाट यहाँ चराहरु आउने गरेका छन् । ती देशहरुमा बढी जाडो हुने भएकाले चरा जाडो छल्न आउने गरेको जनाइएको छ । चराहरु ७ देखि १० दिन लगाएर यहाँ आउने गरेको जनाइएको छ।
निकै आकर्षण र मनमोहक देखिने तालमा चराचुरुङ्गिको जल बिहार, चिरबिराहट र जलक्रिणाले मानवीय जीवनलाई रोमाञ्चित बनाउँने हुदा तलामा प्रशस्त स्वदेशी विदेशी प्रयटक समेत आउने गरेका छन्। करिब ४ देखि ५ माइल उडेर चराहरु यहाँ आउने र ५/६ महिना चराहरु बसेपछि वैशाख र जेठ महिना तिर फर्किने गरेको वरिष्ठ चराविद् डा. हिम सागर बरालले बताउनुभयो।
तालमा पेकिङ्ग डक निलटाउके, मल्टास फिस्टा खट्खटे र विभिन्न जात जातिका पानि हास प्रशस्त देखिन्छन। त्यस्तै तलामा सारस सुन जुरे भुडिफाेर, ध्वानी बकुला र सेतो गरुण लगायतका चराहरु पनि यहाँ आउने गर्दछन् । १५७ हेक्टरमा फैलिएको जगदिशपुर ताल वि.स.२०४५ तिर सिँचाई प्रयोजनका लागि कृत्रिम रुपमा बनाइएको नेपालकै सबैभन्दा ठूलो ताल हो । एसियाको दोस्रो ठूलो यो ताल पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको छ ।
प्रतिक्रिया दिनुहोस्