काठमाडाैं । अहिलेसम्म सुदूरपश्चिम प्रदेशकाे सभामुखमा दुई जनाले उम्मेदवारी दिएका छन् ।
नेकपा माओवादी केन्द्रका नेता भीम भण्डारी सुदूरपश्चिम प्रदेशकाे सभामुखमा उम्मेदवारी दिनुभएकाे छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेशको सभामुख पदमा नेपाली काङ्ग्रेसका नेता मानबहादुर रावलले पनि उम्मेदवारी दिनुभएकाे छ ।
सुदूरपश्चिममा मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय आजै साँझ ५ बजे सकिंदैछ भने सभामुखको निर्वाचन भोलि दिउँसो १ बजे हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्