
काठमाडौं । विद्यतीय निर्माण सामाग्री उत्पादन गर्दै आएको भारतको पानासोनिक लाइफ सोलुसन्सले नेपालमा पनि अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको छ ।
कम्पनीले सार्कको क्षेत्रमै २१ औं र नेपालमा पहिलो एक्सक्लुसिभ हाउजिङ सोलुसन फ्रेन्जाइज शोेरुम सञ्चालनमा ल्याएको जनाएको छ ।
कम्पनीले भारतमा विभिन्न प्रकारका स्मार्ट इलेक्ट्रोनिक्स, पावर, हाउजिङ, इनर्जी र होम अटोमेसन सोलुसनमा पनि काम गर्दै आएको छ ।
अत्याधुनिक उत्पादन डिजाइनका साथ शोरुमले स्तरीयमा मोड्युलर किचन, वार्डरोब, इलेक्ट्रोनिक ट्वाइलेट सिट, लुगा सुकाउने प्रणाली, रिभोल्भिक सुज र्याकलगायतका विभिन्न उत्पादनहरु बिक्रीका लागि राखेको छ । कम्पनीले आवासीय, व्यावसायिक र औद्योगिक क्षेत्रका लागि पनि जुत्ता र्याक र सिटेङ भएको शावर जस्ता उत्पादनहरु पनि बजारमा ल्याएको छ ।
प्रतिक्रिया दिनुहोस्