२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


सिन्धुलीको तीनपाटनले गाई-भैंसीको बिमा र कृतिम गर्भाधान गर्दै


104
Shares

सिन्धुली । सिन्धुलीकाे तीनपाटन गाउँपालिकाले कृषकहरूले पालेका ३ सय गाई-भैंसीको बिमा र कृतिम गर्भाधान गर्ने भएको छ ।

चालू आर्थिक वर्षमा गाउँपालिकाभित्रका ११ वटै वडाका कृषकको घरघरमै पुगेर ३ सय गाई-भैंसीमा कृतिम गर्भाधान र बिमा गर्ने योजना अनुसार काम भइरहेको गाउँपालिकाले जनाएको हो । गाउँपालिकाले चालू आर्थिक वर्षमा कुल ६० भन्दा बढी पशुहरुमा कृतिम गर्भाधान गरिसकेको सोही गाउँपालिकाका पशु विकास शाखा प्रमुख जयन्त कार्कीले बताउनुभयाे ।

३ सय गाई-भैंसीमा गर्भाधान गर्ने लक्ष्य अनुसार कृषकहरुको माग अनुसार १२ घण्टाभित्रै सेवा प्रदान गरिरहेको गाउँपालिकाले जनाएकाे छ । साेही गाउँपालिकाले पशु पालन कृषकहरुलाई थप टेवा पुगोस् भन्ने उदेश्यले पशु बिमा कार्यक्रमलाई समेत तीब्रता दिएको जनाएको छ । गाउँपालिकाले यस आर्थिक वर्षमा ३ सय गाई-भैंसीकाे बिमा गर्ने लक्ष्य राखेको छ । हालसम्म ८० वटाको बिमा भइसकेको गाउँपालिकाको पशु विकास शाखाले जनाएको छ ।

बिमा गरेका गाई-भैंसीहरु सुत्केरी भएको अवस्थामा पालिकाले नि:शुल्क भिटामित, मिनरल्स तथा आन्तरिक तथा बाह्य परजीविबाट बचाउने औषधि समेत वितरण गर्ने गरिएकाे छ । साेही गाउँपालिका घाँसका लागि उर्वर भूमि भएकाले कृषकलाई पशु पालनमा समेत सहज हुने देखिएपछि पशुपालनमा जोड दिएको गाउँपालिका अध्यक्ष कर्णबहादुरथापामगरले बताउनुभयाे।

पशु पालनमा सघाउने उदेश्यले साेही गाउँपालिकाले घाँसको बीउ वितरण गर्ने, खोर गोठ सुधार गर्ने र बाख्रामा नश्ल सुधार गर्ने जस्ता कार्यक्रम गर्दै आएको छ ।