Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


कुञ्जना घिमिरे ‘सुन्तली’ निर्देशित वेब सिरिज ‘मै राम्री’ बिहीबारदेखि प्रसारण


2.4k
Shares

काठमाडौं । कुञ्जना घिमिरेको निर्देशनमा तयार भएको वेब सिरिज ‘मै राम्री’ बिहीबारदेखि प्रसारणमा आउने भएको छ ।

धुर्मुस सुन्तली युट्युब च्यानलबाट प्रत्येक बिहीबार साँझ ६ :४५ मा प्रसारण हुनेछ ।

सामाजिक विषयवस्तुमा निर्माण भएको सिरिजमा विशेष गरी बालबालिका र युवाहरूमा आउने उतारचढावको कथा बनाइएको छ ।

युवापुस्ताको जीवनमा आउने उतारचढावलाइ देखाउन खोजिएको निर्देशक घिमिरेले बताएकी छिन् । उनका अनुसार सिरिजको केही भाग छायाङ्कन भइसकेको र केही भाग छायाङ्कन तयारीमा छ ।

शुबिहानी फिल्मस्को ब्यानरमा निर्माण भएको सिरिजमा रामबाबु रेग्मी, गीता अधिकारी, दिनेश काफ्ले, सन्तोष बानियाँ, रेखा लिम्बु, शहिना भट्टराई, समिसन जिसी, प्रसन्न कार्की, आशिका बस्नेत, प्रमिला राई, मिलन राईको अभिनय देख्न सकिन्छ । 

राहुल राईले छायांकन गरेको वेब सिरिजलाई सन्तोष क्षेत्री र रविन भट्टले सम्पादन गरेका हुन् ।

Skip This