
काठमाडौं, भदौ ११ । सत्यमोहन जोशी शताब्दी पदकबाट तीनजनालाई पुरस्कृत गरिएको छ ।
पुरस्कृत हुनेहरुमा वरिष्ठ समाजसेवी एवं उद्योगपति लक्ष्मीदास मानन्धर, ललितपुर उपमहानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र नेवाः जागरण मञ्जका संयोजक सुजिव बज्राचार्य रहेका छन् ।
सोमबार राजधानीमा आयोजित कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले जनही एक/एक लाख रुपैयाँ धनराशिको पुरस्कार उनीहरुलाई प्रदान गरे ।
यस्तै, छन्द काव्यको प्रचारप्रसार गरेको भन्दै दाङका गणेश विषमलाई लेखनाथ पौडेल पुरस्कार प्रदान गरिएको छ ।
सो अवसरमा रोल्पाकी गायत्री घर्तीमगरको आत्मकथा ‘एक भुल’ र नरेन्द्रराज प्रसाइँको ‘विद्रोही प्राज्ञ प्रेमा शाह’को विमोचनसमेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्