काठमाडौं । ललितपुर टेबलटेनिस क्लवको आयोजनामा पाँचौं संस्करणको सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता माघ १७ गतेदेखि आयोजना हुने भएको छ ।
बिहीबार ललितपुर टेबलटेनिस क्लवले पत्रकार सम्मेलन गरेर माघ १७ देखि २१ गतेसम्म आयोजना गर्ने जनाएको हो ।
प्रतियोगिता आयोजनाका लागि बिहीवार आयोजक ललितपुर टेबलटेनिस क्लब र सम्झना ल्याबोरेटरी क्लिनिकबीच प्रायोजन सम्झौता भयो । यससँगै सम्झनाले प्रायोजना पाँचौपल्ट गर्न लागेको हो ।
सम्झौता ललितपुर टेबलटेनिस क्लवका अध्यक्ष उर्दिप जोशी र सम्झना ल्याबोरेटोरी क्लिनिककी निर्देशक रजना श्रेष्ठ जोशीबीच सम्झौता पत्र आदान प्रदान भयो । सो सम्झौताअनुसार प्रतियोगिताको अनुमानित बजेट २२ लाख ५५ हजार रुपैयाँ मध्ये ५० प्रतिशत खर्च सम्झना ल्याबोरेरटीले व्यहोर्ने बताइएको छ ।
प्रतियोगितामा नेपाललगायत भारत, पाकिस्तान, बङ्गलादेश, माल्दिभ्स, थाइल्याण्ड, युएई, जापान, फ्रान्स, इङ्गल्याण्ड, दक्षिण कोरियाका करिव पाँच सय खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ ।
प्रतियोगितमा पुरुष÷महिला एकल र टिम, भेट्रानको पुरुष ४० वर्षमाथि र ५५ वर्षमाथि तथा महिलामा ४० वर्षमाथि गरी सात विधामा खेल हुने छ । एकल र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०÷१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
भेट्रानतर्फ विजेतालाई २० हजार, उपविजेतालाई दश हजार तथा तेश्रोलाई पाँच हजार रुपैयाँबाट पुरस्कृत गरिने छ । प्रतियोगितको कुल पुरस्कार राशी पाँच लाख रुपैयाँ रहेको छ ।









प्रतिक्रिया दिनुहोस्