Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


जेलमा रहेका सन्दीप लामिछाने ‘डिप्रेसन’मा


20.3k
Shares

काठमाडाैं । नबालिका बलात्कारको आरोपमा कारागारमा रहेका नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछाने ‘डिप्रेसन’काे शिकार भएका छन् ।

मानसिक रूपमा कमजोर बनेपछि उनलाई आजदेखि वरिष्ठ मनोविद सुष्मा रेग्मीले मानसिक परामर्श दिन थाल्नुभएकाे छ ।

जेलरसँगको सल्लाहमा आवश्यक मानसिक परामर्श थालिएको लामिछानेका वकील सरोजकृष्ण घिमिरेले जानकारी दिनुभयाे ।

उहाँका अनुसार लामिछाने पछिल्लो समय मानसिक रूपमा निकै शिथिल र कमजोर देखिएका छन् ।

लामिछाने मुद्दा पुर्पक्षको निम्ति काठमाडौं जिल्ला अदालतको आदेशपछि दुई महिनादेखि केन्द्रीय कारागार सुन्धारामा छन्।

नबालिकालाई गौशालाको होटलमा रातभर बलात्कार गरेको आरोपमा लामिछाने पक्राउ परेका हुन्। क्रिकेट प्रतियोगिताको क्रममा उनी विदेशमा छँदा प्रहरीमा निवेदन दर्ता भएकाे थियाे ।

आराेप लागेकाे झण्डै एक महिनापछि उनी स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

Skip This