Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


चिसो बढेपछि कपिलवस्तुका २ पालिकामा विद्यालय बन्द


247
Shares

कपिलवस्तु । तराईमा बढ्दै गएको शीतलहरका कारण चिसो अत्याधिक बढेपछि कपिलवस्तुका २ पालिकामा विद्यालय बन्द गरिएको छ ।

एक सातासम्म शीतलहर चलेपछि जाडो बढेकाले पठनपाठनमा समस्या आएको भन्दै यशोधरा र सुद्धोदन गाउपालिकाका विद्यालयमा पठनपाठन बन्द गरिएको हो।

यशोधरा गाउपालिका मा १४ दिन र सुद्धोदन गाउपालिकामा १० दिनको जाडो बिदा गरिएको हो। यशोधरा गाउपालिकामा पुस १७ देखि पुस ३० सम्म र सुद्धोदन गाउपालिकामा पुस २० देखि पुस ३० सम्म विद्यालय बिन्द गरिएको छ।

जिल्लामा चिसोसँगै बाक्लो हुस्सु लागेकाले विद्यालयमा विद्यार्थीहरुको न्युन उपस्थितिले गर्दा पठनपाठन समेत प्रभावकारी हुन नसकेको शिक्षकहरु बताउँछन। यता जाडो बढे पछि कपिलवस्तुमा जनजीवन प्रभावित हुँदै आएको छ।