Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


बल्खु तरकारी बजारमा अनुगमन, अधिकांश पसल अवैध


0
Shares

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंको बल्खुस्थित तरकारी बजार अनुगमन गरेको छ ।

सोमबार बिहान ४ बजे पुगेको अनुगमन टोलीले तरकारी बजार अनुगमन गरेको हो ।

अनुगमनमा अवरोध गरेको भन्दै व्यापारी रवि शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका शाहलाई कालीमाटी प्रहरीमा राखिएको छ ।

विभागका निरीक्षण अधिकृत दीपक पोखरेलले अनुगमनमा गएको टोलीलाई १ व्यापारीले मात्रै अवरोध प्रयास गरेको र उनलाई प्रहरीको जिम्मा लगाइएको जानकारी दिए । 

अनुगमनका क्रममा अधिकांश पसल अवैध रुपमा सञ्चालन रहेको पाइएको छ ।

प्यान दर्ता गरेर पसल संचालन गर्नुपर्ने भए पनि अधिकांश पसल विना दर्ता संचालन गरेको अनुगमनका क्रममा खुलेको छ ।

किसानसँग तरकारी खरिद गरेको मूल्यसमेत व्यापारीले उल्लेख नगरेको पाइएको छ ।

प्यान दर्ताविनै पसल सञ्चालन तथा मूल्य नखुलाइ तरकारी बिक्री गरेको भेटेपछि विभागले व्यापारीसँगै बल्खु तरकारी तथा फलफूल बजार कम्पनीका सञ्चालकलाई छलफलका लागि बोलाएको छ ।

यसैबीच, विभागले कालीमाटी तरकारी बजारको पनि अनुगमन गरेको छ । अनुगमनका क्रममा कालीमाटीमा तरकारीको भाउ केही घटेको पाइएको छ ।