Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


चीनबाट काठमाडौं आउने रेलको अन्तिम स्टेशन टोखामा हुने


0
Shares

काठमाडौं, भदौ १० । भदौ पहिलो साता चीनको सियान सहरमा नेपाल(चीन सीमापार रेल आयोजना पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनका सन्दर्भमा नेपाली र चिनियाँ अधिकारीहरुबीच छलफल भएको छ ।

नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधु सुदन अधिकारीको नेतृत्वमा गएको उच्चस्तरीय टोलीले चिनीयाँ पक्षबाट राष्ट्रिय रेल प्रशासनका उप(प्रशासकको नेतृत्वको सरोकारवालाहरुको टोलीसँग छलफल गरेको मन्त्रालयले जानकारी गराएको छ । 

परियोजनाको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार नेपालको सीमा रसुवागढीदेखि काठमाडौंसम्मको लम्बाई करिब ७२ किलोमिटर हुने यस रेलमार्गको अधिकांश भाग सुरुङ्ग र केही अग्ला पुलहरु हुँदै काठमाडौंको टोखामा अन्तिम स्टेशन हुनेछ ।

यस प्रतिवेदनमा दुवै पक्षबाट दिइएका सुझावहरु समेटेर केही दिनभित्रै चिनियाँ डिजाइन परामर्शदाताले अन्तिम प्रतिवेदन बुझाउने जनाइएको छ । तत्पश्चात् दुवै सरकारको सहमतिमा परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन हुने मन्त्रालयले जनाएको  छ ।