Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


चन्दननाथ नगरपालिकाले लगानी सम्मेलन आयोजना गर्ने


0
Shares

जुम्ला, भदौ १० । स्थानीय तहमा लगानी प्रवर्द्धनका लागि जुम्लामा लगानी सम्मेलन गरिने भएको छ । 

‘लगानी सम्मेलनको सार विकास सामर्थ्यको उजागर’ भन्ने नारासहित जुम्लास्थित चन्दननाथ नगरपालिकाले लगानी सम्मेलन गर्न लागेको हो । घरेलु लगानीदेखि औद्योगिक क्षेत्रमा लगानी विस्तार गर्ने उद्देश्यले नगरपालिकाले भदौ २९ गते एकदिने सम्मेलन गर्न लागेकोे हो ।

चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारे विस्तृत जानकारी गराइन् ।

जुम्लामा भएका धार्मिक, पर्यटन तथा सांस्कृतिक क्षेत्र पहिचान गर्दै औद्योगिक क्षेत्रको विकास गर्नका लागि सम्मेलन गर्न लागिएकोे उनले बताइन् ।

सम्मेलनमा जुम्लामा भएका श्रोतसाधन र कच्चा पदार्थ एवं यस क्षेत्रमा सम्भावना भएका कृषि, फलफुल तथा पर्यटकीय स्थलको बारेमा समेत जानकारी दिईने मेयर सेजुवालले बताइन् ।