काठमाडौं, भदौ १० । पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन एनसेल र जल तथा मौसम विज्ञान विभागबीच सहकार्य गरिने भएको छ ।
बाढी पहिरो सम्बन्धित जोखिमको पूर्वसूचना प्रवाह गर्दै जनधनको क्षतिमा न्युनिकरण गर्न योगदान पु¥याइरहेको पूर्वसूचना प्रणालीलाई थप मजबुत बनाउन एनसेलले विभागसँग एक नयाँ समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।
समझदारीपत्रमा एनसेलका तर्फबाट कम्पनीका प्रमुख सूचना अधिकृत विशाल उपाध्याय र विभागका तर्फबाट महानिर्देशक डा. ऋषिराम शर्माले हस्ताक्षर गरेका छन् ।
नयाँ समझदारीले एनसेल र विभागले आगामी पाँच वर्षसम्म पूर्वसूचना प्रणालीको संचालन तथा विस्तारमा सहकार्य गर्दै बाढी र पहिरोको जोखिममा रहेका थप समुदायलाई पनि यस प्रणालीमा समावेश गराई त्यसको लाभ प्रदान गर्ने उद्देश्य लिएको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्