काठमाडौं, भदौ १० । पछिल्ला दिन स्थिरजसो रहेको सुनको भाउ आइतबार एकैदिन ६ सय रुपैयाँ प्रतितोलाले उकालो लाग्यो ।
अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर ५६ हजार ६ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य अघिल्लो दिन ५६ हजार रुपैयाँमा स्थिर रहेको थियो ।
चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर ७२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रतिऔंस १२३१ डलर हाराहारीमा कारोबार भइरहेको थियो ।









प्रतिक्रिया दिनुहोस्